साप्ताहिक आर्थिक खबर : गभर्नरमा जान राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा, सातामा ६० अङ्कले बजार उकालो र जापानलाई ३६ अर्ब ६० करोड डलर व्यापार घाटा | Khabarhub Khabarhub

साप्ताहिक आर्थिक खबर : गभर्नरमा जान राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा, सातामा ६० अङ्कले बजार उकालो र जापानलाई ३६ अर्ब ६० करोड डलर व्यापार घाटा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

संसदीय समितिकै सदस्य भन्छन्, ‘पोखरा विमानस्थलको अपूरो प्रतिवेदन चुहाएर ‘स्टन्ट’ गरियो

संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन’ अध्ययनकै क्रममा बाहिरिएको सम्बन्धित समितिका सदस्यले बताएका छन् । समितिका सदस्य तथा नेकपा (एमाले) का सांसद तारा लामा तामाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे उपसमितिले अध्ययन गरिरहेकै अवस्थामा प्रतिवेदनलाई पूर्णता नदिई बाहिरिएको बताए ।

सांसद तथा उपसमितिका सदस्य तामाङले प्रतिवेदनलाई पूर्णता दिने काम नभइसकेको बताए । उनले सम्बन्धित पक्षसँग छलफल पनि बाँकी नै रहेको र मूलसमितिलाई पनि औपचारिक रूपमा हस्तान्तरण गरिनसक्दै कुनै व्यक्तिले चर्चाका लागि प्रतिवेदन सार्वजनिक गरेको बताएका छन् ।

गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले उल्लेख गरेको छ ।

परराष्ट्रमन्त्रीले भनिन्- तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छ

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

नेप्से समीक्षा : नयाँ वर्षको पहिलो सातामा ६० अङ्कले बढ्यो बजार

नयाँ वर्ष लागेसँगै शेयर बजारको रौनक फर्किएको छ ।

२०८१ सालमा कारोबारको नयाँ रेकर्ड बनाएको शेयर बजार नयाँवर्ष २०८२ लागेयता निरन्तर बढिरहेको छ ।
नयाँ वर्ष लागेयता लगातार ३ दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढिरहेको छ ।

अघिल्लो वर्षको अन्तिम दिन अर्थात् २०८१ साल चैत ३१ गते २६६२ बिन्दुमा रहेको नेप्से परिसूचक ६०.६५ अङ्कले बढेर बिहीबार (वैशाख ४ गते) सम्म आइपुग्दा २७२२.७३ बिन्दुमा पुगेको छ ।

एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने

एक वर्षपछि जलविद्युत कम्पनीको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । २०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८१ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ ।

विकासले गति लिन सकेको छैन : महासचिव पोखरेल

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो

कोरलामा व्यापारिक चहलपहल बढ्यो

चितवन मिल्क : एक करोड १५ लाख लिटर दूध प्रशोधन

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि सुझाव पेस

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

रवीन्द्र भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन 

मीन भवनमा कन्दमूल एग्रो एण्ड फार्म, स्थानीय उत्पादन प्रवर्द्धन गर्ने योजना

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको मीन भवनमा कन्दमुल एग्रो एण्ड फार्म खुलेको छ।

बुधबार फार्मको उद्घाटनका क्रममा नेपाली बजारमा स्थानीय उत्पादनको प्रोत्साहन र प्रचार गर्ने उद्देश्यमा आधारित आफ्ना योजना सार्वजनिक गरिएको छ ।

सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल

ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ 

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन

‘सेबोनको पनि कमजोरी छ, ब्रोकरलाई पुँजी पुर्‍याउन समय दिनुपर्छ’

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई एक–आपसमा गाभिने (मर्ज गर्ने) बाटो खोलिदिएको छ । धितोपत्र व्यवसायी गाभ्ने-गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०८१’ आएको छ ।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा न्यूनतम पुँजी २० करोड हुनुपर्ने मापदण्ड राखेको थियो । पुराना कम्पनीका हकमा ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्ने निर्देशन दिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुने गरी ब्रोकर कम्पनीले नयाँ मापदण्डअनुसार चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ पुर्‍याउनु पर्छ । यो मापदण्डको समय–सीमा सकिन अब तीन महिनामात्र बाँकी छ ।

बजेट अभावले खानेपानी आयोजना अलपत्र

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जो

चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन

चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो ।

सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २९ करोड दुई लाख २२ हजार दुई सय २९ रुपैयाँ पुँजगत लाभकर र चार अर्ब ३९ करोड ४६ लाख ८६ हजार आठ सय ७६ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ ।

कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा

संरक्षणक्षेत्रले आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्छ – वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षणक्षेत्रले आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नु पर्ने बताएका छन् । संरक्षणक्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने उनले बताए ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा वनमन्त्री शाहीले पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको बताए ।

रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी

सरकारले नसुनेपछि लघुवित्त पीडितले भने- अझै कडा आन्दोलन गरेर घुँडा टेकाउँछौँ

वित्तिय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरूले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइमा पनि शासकहरू घुँडा टेक्न बाध्य जिकिर गरे ।

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ ।

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ वाणिज्य दूत नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ वाणिज्य दूत नियुक्त गरेको जनाएको छ ।

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन्।

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ३० बजे

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्दै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले आइतबार (आज)देखि दुई अर्ब ५० करोड

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की– कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको

इन्स्टाग्राममा रिल्स भाइरल नभएर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं- पछिल्लो समय इन्स्टाग्राममा रिल्स बनाएर अपलोड गर्ने चलन बढ्दो

धेरै चिया पिउँदा हुनसक्छन् यस्ता समस्या, जोगिन के गर्ने ?

काठमाडौं- चिया नेपालीहरुको जीवनशैलीको अभिन्न हिस्सा हो । बिहान उठ्नेबित्तिकैदेखि

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको