आजका समाचार : भिजिट भिसा प्रकरणमा गृहको प्रष्टीकरण, प्रत्यक्ष निर्वाचित व्यवस्था खोज्दै प्रचण्ड र गाजामा जनजीवन कठिन | Khabarhub Khabarhub

आजका समाचार : भिजिट भिसा प्रकरणमा गृहको प्रष्टीकरण, प्रत्यक्ष निर्वाचित व्यवस्था खोज्दै प्रचण्ड र गाजामा जनजीवन कठिन


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

गृहमन्त्रालयले भन्यो-भिजिट भिसा सेटिङमा मन्त्री लेखकको कुनै संलग्नता छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको स्पष्टीकरण गृहमन्त्रालयले शनिबार दिएको छ। भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर गृहमन्त्रालयले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।विज्ञप्तिमा मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री लेखकको उक्त प्रकरणमा कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

‘शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील छ। मन्त्रालय सबै प्रकारका अनियमितता तथा आपराधिक घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ, मन्त्रालयले भनेको छ।

मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीर रूपमा भइरहेको जनाएको छ । उसले सत्यतथ्य बाहिर आउने क्रम जारी रहेको पनि जानकारी दिएको छ। मन्त्रालयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।

गृहमन्त्री लेखकलाई आफ्नै बोली ‘गलपासो’

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु 

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको स्पष्टीकरण– आरोप प्रमाणित भए पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु

गृहमन्त्री लेखकले राजीनामा दिँदा नैतिकता देखिन्छ : शेखर कोइराला 

नेताहरूले गरेको योगदानलाई जनतासामु लैजान जरुरी : सभापति देउवा

अध्यक्ष प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र
कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल)लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की पुगेका प्रचण्डलाई नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र अन्य दुई समाजवादी धारका दलले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटिएको छ ।

सांसददेखि प्रधानमन्त्रीसम्मका छोराछोरीलाई समावेशीमा रोक्नुपर्छ : वर्षमान पुन 

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक : प्रचण्ड 

खोजमूलक पत्रकारिता गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताए ।

आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा शनिबार दाङमा प्रदेशसभा सांसदहरूसँगको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना नरहेको भन्दै प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिने बताएका हुन् ।

उनले वर्षको बजेटमा नयाँ योजना भन्दा अधुरा योजनाहरू सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले गत वर्षको तुलनामा यस वर्ष प्रदेशको राजस्वमा आशाजनक वृद्धि भएको र सुधारको अवस्थामा रहेको उल्लेख गरे ।

दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै

म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीच शैक्षिक सहकार्यका लागि समझदारी 

नागढुंगा-नौबिसे सडक खुल्दा काठमाडौँ भित्रिने गाडीको लर्को
नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०स्३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो।

अहिले निर्माण कार्य रोकेपश्चात काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को लागेको छ । काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारिसाधन खानीखोलामा रोकिएका थिए।

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

नागढुंगा-नौबिसे सडक : यसरी हुँदैछ निर्माण (तस्बिरहरू) 

पर्यटकीय सम्भावना बोकेको ‘चमेरे गुफा’ ओझेलमा

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
शुक्रबार बिहान नै गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको छ। गाजामा एकातर्फ इजरायली आक्रमण जारी छ। अर्कोतर्फ राहतको अभाव पनि त्यत्तिकै छ। जबालियमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा ५० जना मारिएको तथा हराइ रहेको बताइएको छ। त्यहाँका बासिन्दा इजरायली सेनाले रमाइलो मानेर आक्रमण गर्ने गरेको बताउँछन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेस युद्धमा क्रुर हुने सीमाको पनि अन्तिम अवस्थामा पुगेको बताउँछन्।मध्यपूर्वको अशान्ति यत्तिमा मात्र सीमित छैन। यमनको हुथी समुदायले धम्की दिएका कारण जुलाइको अन्त्यसम्मका लागि ब्रिटिस एयरवेजले इजरायलमा उडान बन्द गरेको छ। एकपछि अर्को व्यक्ति मर्ने क्रम जारी छ। भोकमरीको कारण ज्यान गुमाउनेमा धेरै बालबालिका छन्।

निप्पन र युएस स्टिलको सहकार्य : ७० हजारले रोजगारी पाउने

‘गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरिँदै’ 

 युक्रेनसँगको शान्ति सम्झौताको मस्यौदा तयार गर्दै रूस

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाढीको प्रकोप, हजारौँ प्रभावित

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह


























प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ५१ बजे

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर

सुनसरीमा गोली चल्यो, एक जना घाइते

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ । शनिबार बेलुका करिब

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन