रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन् । मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका लागि सभामुखले दलीय आधारमा अगाडि बढाउँदै गर्दा रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
जसअन्तर्गत सभामुखले सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता रहेका संसद डा. प्रकाशशरण महतलाई १८ मिनेटको समय उपलब्ध गराएका थिए ।

समय पाएपछि रोष्ट्रममा पुग्दै गर्दा रास्वपाका सांसदहरू वेलबाट बाहिरिन सुरु गरेका थिए । उनीहरू बाहिरिन थालेपछी सांसद महतले रोष्ट्रमबाट भने, ‘सभामुख महोदय, लगातार उभिन गाह्रै हुन्छ ।’ यसअघि रास्वपाका सांसदहरू वेल घेराउ गरेर चुपचाप उभिइरहेका थिए । उनीहरूले शुक्रबारको बैठक अवधिभर पुस्तक अध्ययन गरेका थिए ।
प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी
इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद
संसद्मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ
रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति
संसद्मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल
म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? ? रवि लामिछाने
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरूले आफूलाई बलि चढाउने भाकल गरेको टिप्पणी गरेका छन् । भैरहवा कारगारबाट २० पृष्ठ लामो अपील जारी गर्दै उनले पुराना दलहरूले राजनीति जोगाउनेदेखि सरकार बनाउन सबैले आफूलाई बलि चढाउने भाकल गरेको टिप्पणी गरेका हुन् ।

‘सबैले मेरै बलि चढाउने भाकल गरेका छन् । कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने,’ पूर्वगृहमन्त्री लामिछानेले अपिलमा लेखेका छन्, ‘म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ?’
सबैको भाकल पूरा गर्नका लागि रेटिँदा आफूसँग प्राणमात्र बाँकी रहेको उनको भनाइ छ । लामिछानेले अहिले आफूसँग सत्यबाहेक केही पनि नभएको दाबीसमेत गरेका छन् ।
रास्वपाले गर्यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग
सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै
सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा
एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण
नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी, सरकार र समाजका विषयमा आधारभुत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ ।
प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा हरेक शनिबार नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गतवर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए ।

हरेक शनिवार च्यासलमा करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदिप ज्ञवालीले मार्गदर्शन सिद्धान्त माक्र्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा प्रशिक्षण दिएका छन् ।
‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्यापिड एक्सन टिम’ बनाऔं’
नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे
सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु
व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन
संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला
ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा
पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस
पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको छ । भारतीय राजदूतावास, काठमाडौँ र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजित विशाल योग शिविरमा करिब ७ हजार योग अभ्यासकर्ताले सहभागिता जनाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, जिल्ला खेलकुद विकास समिति कास्कीका पदाधिकारी लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
मुख्यमन्त्री पाण्डेले जीवनशैलीजन्य समस्याहरू, मानसिक तनाव र असन्तुलनको समाधानका रूपमा योगको भूमिका अपरिहार्य रहेको उल्लेख थिए ।
नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया(३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका( ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन ।
लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात
डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या
सहयोग र श्रमदानबाट खेलमैदान निर्माण
गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’
गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई रुष्ट बनाएको छ। अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा इजरायली आक्रमको विरोध गर्दै आक्रोश व्यक्त गरेकी छन्।
‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोचका होलान्, उनले इरानमा बम प्रहार गरिरहेको समयमा गाजामा के गरिरहेका छन्, भन्ने कसैले याद गरेको छैन,’ उनले एक्समा लेखिन्।

गाजामा अहिले ५५ हजार मारिएको, भोकमरीको समस्यामा परेको, राहत वितरण गर्न गएको तथा चिकित्सकहरू सीमाबाट फर्काइएका लगायत कुरा उनले इङ्गित गरेकी छिन्। ‘संसारले तिमीलाई हेरेको हुनसक्छ, बेन्जामिन नेतान्याहु’ उनले लेखिन्। पेसाले कानुन व्यवसायी वारेन अमेरिकाको सिनियर सिनिटेर हुन्।
इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल
इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने
चाडमा झडपबाट हुँदा १७ जनाको मृत्यु
प्रतिक्रिया