एमालेको निष्कर्ष-सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो
प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताए ।

‘सरकारले एक वर्ष पूरा गर्न लागेको छ । सरकारको यो एक वर्ष सन्तोषजनक रहेको छ । सबैभन्दा ठूलो कुरा राजनीतिक स्थायित्व बलियो भएको छ’, उनले भने, ‘यसबीचमा अनेक हल्ला चलाइए पनि सरकार दह्रोसँग उभिएको छ । मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ । सडकको विरोधको स्वर पनि मथ्थर हुँदै गएको छ ।’
एमालेले फुकुवा गर्यो बिन्दा र उषाकिरणमाथिको ६ महिने कारबाही
एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ
ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय
भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल
मन्त्रीपरिषद्को निर्णय : उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने
हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ
‘नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ’
सङ्घीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्न सरकार गम्भीर : गृहमन्त्री
कोशीटप्पुका विस्थापित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एककीरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिए।
उनले भने, ‘हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।’
विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै
ठेक्का हत्याउन बोलपत्रको सूचनामै जालझेल, कार्यालय प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण
विशेषमा वरिष्ठ अधिवक्ता पन्तले भने- माधव नेपाललाई थुनामा पठाएर मुद्दा अघि बढाऊँ
सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता हो : मन्त्री भण्डारी
सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई
सरोज गुरागाईंले पठाएका फाइल सदर गरेका बालेन उनैसँग बैठकमा बस्न मानेनन्
देशका ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि असार १० मै बजेट ल्याइसकेका छन् । संघीय राजधानीसमेत रहेको सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका यस पटक निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ।

खासगरि मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग बैठकमा बस्नै नचाहँदा यस्तो समस्या आएको हो । त्यहीकारण बजेट तर्जुमा तथा कार्यकम समितिले बजेटबारेमा मेयर साहको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै बजेटका लागि पटकपटक दबाब दिए । तर पनि मेयर बालेन्द्रले बैठक राखेर बजेट अघि बढाउन गम्भीर पहल गरेनन् ।
कोशीमा सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली स्वीकृत
सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट
सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनिक
मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड
काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम
डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक,
सांसद शर्माका केएमसी र नोबेलसहित ५ मेडिकल कलेजले दिएनन् सरकारी सरह निर्वाह भत्ता
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिने सहमति केही मेडिकल कलेजहरूले कार्यान्वयन नगरेको भन्दै नेपाल चिकित्सक संघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संघिय सांसद समेत रहेका डा। सुनिल शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज केएमसी, चितवनमा रहेको चितवन मेडिकल कलेज, कान्तिपुर डेण्टल कलेज र पिपल्स डेण्टल कलेज काठमाडौंले चिकित्सा आयोगले तोकेको ४८ हजार ७ सय ३७ रुपैयाँ नदिएको भन्दै आवश्यक कारबाही गर्न माग गरिएको छ ।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकमा नेपालका आवासीय चिकित्सक(एमडी एमएस एमडीएस) हरूको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह ४८,७३७ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको र उक्त निर्णय कार्यान्वयन गर्नका लागि सम्पूर्ण निजी मेडिकल तथा डेन्टल कलेजहरूलाई परिपत्र गरिएको भए पनि यी संस्थाहरूद्वारा आयोगको निर्णयको अवहेलना गरिएकोले आयोगद्वारा उक्त संस्थाहरूमा एमबीबीएसरबीडीएस तथा डीएम रएमसीएचलगायतका कार्यक्रमहरूको अनुगमन र सिट निर्धारण प्रकृया रद्द गरी आवश्यक कारबाही गर्न हार्दिक आग्रह गर्दछौँ अध्यक्ष डा। अनिल विक्रम कार्की र महासचिव सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध
विपद् व्यवस्थापनसम्बन्धी उपकरणको संयुक्त डेमो प्रदर्शन (तस्बिरहरू)
जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ
पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी
माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल (तस्बिरहरू)
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे
सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन
अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणबाट ठूलो क्षति नपुगेको समाचार प्रकाशित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तनाव भएको छ। यी विश्वचर्चित सञ्चारमाध्यमले संयुक्त रूपमा अमेरिकी बम बर्षक बी२ को आक्रमणबाट इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको समाचार लेखेपछि ट्रम्प आक्रोशित भएका हुन् ।

दुवै सञ्चामर हाउसले यो दाबी एक गोप्य रिपोर्टको आधारमा गरेका हुन् । रिपोर्टमा अमेरिकी आक्रमणपछिको क्षतिको मूल्याङ्कन पनि सार्वजनिक गरिएको छ । सीएनएनसँग कुराकानीका क्रममा एक गोप्य स्रोतले भनेको छ, ‘इरानको आणविक कार्यक्रम यो आक्रमणबाट केवल केही महिनाको लागि पछाडि धकेलिएको छ ।’
यो दाबीसहित दुई ठूला सञ्चारगृहले समाचार प्रकाशित गरेपछि राष्ट्रपति ट्रम्प आक्रोशित भएका छन् । उनले यी दुवैको दाबीलाई खारेज गर्दै सीएनएन र न्यूयोर्क टाइम्सले ‘फेक न्यूज’ फैल्याएको आरोप पनि लगाएका छन् ।
पाकिस्तान र इरानबाट एकै दिन सात हजारबढी अफगान शरणार्थी स्वदेश फिर्ता
इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई आतंकवादी संगठन घोषणा
इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो
गाजामा सहायताको पर्खाइमा रहेका २० जनाको मृत्यु
आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश
गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए
दक्षिणपश्चिम चीनमा भीषण बाढी, ८० हजारभन्दा बढी विस्थापित
शुभांशुसहित चार यात्री स्पेस स्टेशनतर्फ, ४१ वर्षपछि भारतीय नागरिक फेरि अन्तरिक्षमा
रिपोर्ट भन्छ : इजरायलसँग हतियार अभाव, इरानमा जासुसी गर्ने तीनजनालाई झुन्ड्याइयो
प्रतिक्रिया