आजका समाचार : विनोद चौधरीलाई ८ बुँदे ‘काउन्टर’, कुलिङ पिरियड विवादले तरंग र हसिनालाई छ महिनाको जेल सजाय | Khabarhub Khabarhub

आजका समाचार : विनोद चौधरीलाई ८ बुँदे ‘काउन्टर’, कुलिङ पिरियड विवादले तरंग र हसिनालाई छ महिनाको जेल सजाय


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

 शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’
डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूमाथि लगाएको आक्षेपको जवाफ फर्काएपछि युवा नेता गुरूराज घिमिरे प्रतिकारमा उत्रिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा चौधरीले अर्का केन्द्रीय सदस्य कोइरालाले आफूमाथि पार्टीको जारी बैठकमा उठाएका सवालको जवाफ दिएपछि युवा नेता घिमिरे प्रतिकारमा उत्रिएका हुन् ।


उनले नेता कोइरालाको पक्ष लिँदै सामाजिक सञ्जाल फेसबुकमार्फत् सांसदसमेत रहेका चौधरीलाई बुधबार आठवटा बुँदामा जवाफ दिएका छन् । चौधरीले मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कोइरालालई पनि आठ वटा प्रश्न गरेका थिए ।

त्यसअघि नेता कोइरालाले सोमबारको बैठकमा पार्टीको केन्द्रीय सदस्यका लागि उद्योगपति चौधरीको योग्यतामाथि प्रश्न उठाएका थिए । ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो रु क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए ।

सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन्

शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी

अमरसिंह पुनले देउवालाई भने- संघीयताको पूर्ण कार्यान्वयनका लागि पहल गर्नु पर्‍यो 

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

‘नैतिकताका आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ’

जर्मनीका लागि नेपाली राजदूत रूपाखेतीलाई थप जिम्मेवारी*

‘कुलिङ पिरियड’ हटाउनमा मुख्यसचिव र सचिवहरूमाथि आशंका छ : राजेन्द्र पाण्डे 

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

कर्णाली विकास बैंक घोटला प्रकरणमा तत्कालीन अध्यक्ष मिश्र पक्राउ

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् । नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने घोषणा गरेको चार दिनपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने भन्दै उनले गृह मन्त्रालयलाई पत्र पठाएकी हुन् ।

पूर्वराष्ट्र प्रमुखको सेवा-सुविधा लिएर सक्रिय राजनीतिमा फर्किँदा प्रश्न उठ्ने भएपछि सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो ।

गृह मन्त्रालयले पूर्व राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा–सुविधा कटौतीका लागि पत्र पठाएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भण्डारीले पठाएको पत्र आइपुगेको जानकारी दिएका छन् ।

विद्या भण्डारीको घोषणाले एमालेमा हलचल, महासचिव पोखरेलको निर्देशन- नेतृत्वको बहस पूरै बन्द गर्नू

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : मन्त्री पाण्डे 

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल 

सरकारले ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारमा जोड दिनुपर्छ : एनपी साउद 

एकीकृत समाजवादीले सोध्यो नेत्री झाँक्रीलाई स्पष्टीकरण

मोहन बस्नेत लक्षित गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ ।

बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यस्तै बैठकले बजेट आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार बोलाइएको छ ।

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित

निजामती सेवा विधेयक राष्ट्रियसभामा टेबुल

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन् : ऊर्जामन्त्री

नयाँ १३ वटा युरोपियन देशसँग श्रम समझदारी गर्न प्रस्ताव गरेका छौँ : श्रममन्त्री

अलपत्र योजनाहरू सम्पन्न गरिने छन् : मन्त्री दाहाल

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ : मन्त्री पाण्डे 

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत
कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोशी मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो ।

योगदानमूलक कोषको व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने अनुमति दिएपछि प्रदेश लोकसेवा आयोगको सिफारिसमा २०७६ साल साउन १ गते यता प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका कर्मचारीहरूलाई उपदान वा निवृत्तिभरण प्राप्त गर्न सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

धनुषामा छुरा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

सुदूरपश्चिम प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

रातो च्याउको परीक्षण उत्पादन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेका थिइन्

अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, ‘उहाँ बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ ।’

यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उहाँले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए ।

इस्लामले भने, ‘उहाँको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबीच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ ।’

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’


























प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ५६ बजे

विवादित काश्मीरमा हिन्दु तीर्थयात्रा सुरु

पहलगाम– हिन्दुहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र