आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री | Khabarhub Khabarhub

आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा नेकपा (एमाले) को बिहीबार सबेकव सचिवालय बैठकमा उठेको छ।

ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा बोलेका नेताहरूले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणासहित सरकारले उपलब्ध गराएको सेवा-सुविधा त्यागिसकेकाले उचित भूमिका दिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी गरेका थिए । उनले पूर्वराष्ट्रपतिबारे के गर्ने भनेर सोधेपछि नेताहरूले आवश्यक संवाद गरेर उचित जिम्मेवारीमा फर्काउँदा हुने सुझाएका छन् ।

एमाले सचिव योगेश भट्टराईले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओली आफैंले यस विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् ।

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी

प्रधानमन्त्रीप्रति उपेन्द्रको आक्रोश: ‘बा’को संरक्षणमा सगोत्री जोगिन्छ, मधेशीहरू लखेटिन्छन्

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

घुस विवादलगत्तै भूमि व्यवस्था मन्त्रीले सुनाए एक वर्षका ७० उपलब्धि

च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक, केही महत्त्वपूर्ण प्रस्ताव पेश गरिँदै

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका छन् । ललितपुरको सुनाकोठीमा बिहीबार ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को उद्‌घाटन गर्दै उनले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रले प्रतिपक्षको हैसियतले संसद्मा सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त् रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई पार्टीले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

राजेन्द्र लिङ्देन र दीपकराज जोशीबीच भेटवार्ता 

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयो : मन्त्री खड्का

पर्यटनमन्त्री पाण्डेले कार्यकालको एक वर्षमा के के गरे ?

औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ : मन्त्री भण्डारी

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो दिन आज प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच मुख्यमन्त्री कँडेलले मन्त्रीहरूका तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकारभित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी र प्रभावकारी बनाउन आर्थिक वर्षको पहिलो दिनै मुख्यमन्त्रीले मन्त्रीहरूका र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री कडेलसँग आर्थिक योजनामन्त्री राजिवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका छन् ।

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता

साउने संक्रान्तिको दिन टुँडीखेलमा बझाङ्‍गी देउडा र (तस्बिरहरू) 

बिहीबारदेखि धरहरा १२ घण्टा खुल्ने

बीपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने छ : मुख्यमन्त्री कार्की

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द हुने
विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।

कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो ।

काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट

सिस्नेरीका ध्रुवबहादुर च्याउखेतीमा लगानी बढाउँदै

पर्यटनमन्त्री पाण्डेले कार्यकालको एक वर्षमा के के गरे ?

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेको सरकारी सुविधा रोक्ने तयारी

डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु

युक्रेनले पायो नयाँ प्रधानमन्त्री
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको पहिलो नयाँ सरकार प्रमुख बनेकी छन् ।

स्विरिडेन्को युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक छिन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेका छन् ।

तर घरेलु स्तरमा मन्त्रिपरिषद्को यो पुनर्गठनलाई कुनै ठूलो परिवर्तनका रूपमा लिइएको छैन किनकि जेलेन्स्की युद्धको अवधिमा अझै पनि आफ्नो प्रभावकारिता र वफादारी प्रमाणित गर्ने अधिकारीहरूमा निर्भर छन् । युद्ध अहिले चौथो वर्षमा छ ।

युक्रेनको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख प्रधानमन्त्री डेनिस स्मिहलको प्रतिस्थापनसहित शीर्ष सरकारी पदहरू फेरबदल गर्न जेलेन्स्कीले बिहीबार नामांकन पेश गरे ।

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै

भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत

भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प 

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश





































प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ५५ बजे

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको

शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको