साप्ताहिक ब्रिफिङ : माधव र वामदेव मिल्दा एमालेमा विद्या र ओलीको किचलो, कांग्रेसमा शेखरको दौडधूप र अमेरिकी कंग्रेसद्वारा ९ अर्ब डलर विदेशी सहायता कटौती | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : माधव र वामदेव मिल्दा एमालेमा विद्या र ओलीको किचलो, कांग्रेसमा शेखरको दौडधूप र अमेरिकी कंग्रेसद्वारा ९ अर्ब डलर विदेशी सहायता कटौती


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने प्रयासको कडा आलोचना गरेका छन्।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछिको पत्रकार भेटघाटमा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको आरोप लगाए।

‘७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक’

थापाले वर्तमान अध्यक्ष ओलीले नै प्रस्तुत गरेको ७० वर्षे उमेर हद र दुई कार्यकाल वैज्ञानिक रहेको बताउँदै विधानबाट त्यसलाई हटाउन नहुने बताए ।

‘७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय सचिवालयले गर्‍यो भनेर फैलाइएको कुरा गलत हो’, उनले भने, ‘अध्यक्ष ओलीकै प्रस्तावमा सातौं महाधिवेशनदेखि यो नीति ल्याइएको हो र आठौं–नवौं महाधिवेशनबाट संस्थागत गरिएको हो।’

उनका अनुसार पार्टीको संगठनात्मक प्रस्तावको पृष्ठ २३, ३० र ३१ मा यो कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसअनुसार वडास्तरदेखि केन्द्रसम्म यही मापदण्ड लागू हुने भनिएको छ।

एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

माधव र घनश्यामको बाहाँभरि वामदेव (तस्बिरहरू)

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबीच एकता भएको घोषणा भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै गएको बताए ।

केपीसँग चर्काचर्कीबारे वामदेवको दाबी- तपाईंलाई ढालेर माइन्युट खोस्छु, आगो लगाइदिन्छु भनेँ

माधव नेपालले भने- एमाले हामीलाई सक्ने योजनामा लागेको छ, एकताको भ्रममा नपर्नू

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु

सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा नेकपा (एमाले) को बिहीबार सबेकव सचिवालय बैठकमा उठेको छ।

ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा बोलेका नेताहरूले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणासहित सरकारले उपलब्ध गराएको सेवा-सुविधा त्यागिसकेकाले उचित भूमिका दिन नेतृत्व तयार हुनुपर्ने बताएका हुन्।

बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी गरेका थिए । उनले पूर्वराष्ट्रपतिबारे के गर्ने भनेर सोधेपछि नेताहरूले आवश्यक संवाद गरेर उचित जिम्मेवारीमा फर्काउँदा हुने सुझाएका छन् ।

एमाले सचिव योगेश भट्टराईले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओली आफैंले यस विषयमा पार्टीभित्र छलफल हुने बताएको जानकारी दिएका छन् ।

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ। ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो ।

जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकले गरेको बताएका छन्।

सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो । अध्यक्ष यादव आफैंले घोषणा गरे पनि औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको संवादको दुई दिनपछि यादव गठबन्धनबाट बाहिरिएका हुन् ।

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

प्रधानमन्त्रीप्रति उपेन्द्रको आक्रोश: ‘बा’को संरक्षणमा सगोत्री जोगिन्छ, मधेशीहरू लखेटिन्छन्

ओलीले नकारे पूर्वराष्ट्रपति एमालेमा फर्किने कुरा, फर्किए पनि काम गर्न नसक्ने जिकिर

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

घुस विवादलगत्तै भूमि व्यवस्था मन्त्रीले सुनाए एक वर्षका ७० उपलब्धि

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका छन् । ललितपुरको सुनाकोठीमा बिहीबार ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को उद्‌घाटन गर्दै उनले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरेका हुन् ।

माओवादी केन्द्रले प्रतिपक्षको हैसियतले संसद्मा सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त् रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई पार्टीले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

हामीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ, आवश्यक परे आन्दोलन गर्छौं : प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान तयार रहेको बताएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चको शुक्रबार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

‘मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ । यस्ता माग र सुझावहरू नेताहरूलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौँ ।’

पेरिसडाँडामा ध्यानाकर्षण पत्र बुझ्दै उनले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । प्रचण्डले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको पनि बताए ।

सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो दिन आज प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच मुख्यमन्त्री कँडेलले मन्त्रीहरूका तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकारभित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी र प्रभावकारी बनाउन आर्थिक वर्षको पहिलो दिनै मुख्यमन्त्रीले मन्त्रीहरूका र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री कडेलसँग आर्थिक योजनामन्त्री राजिवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका छन् ।

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

तीन महिनाको विपद् : ९३ जनाको मृत्यु, २२ बेपत्ता

विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द हुने
विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।

कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो ।

काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत १५ गते भएको घटनामा हाल जेल जीवन बिताइरहेका दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंमा दायर भएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो।

एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले साइबर अपराधमा मुद्दा दायर गरेकी थिइन्। असार ३२ गतेको उक्त फैसलाअनुसार प्रसाईंसँगै पत्रकारहरू प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले पनि सफाइ पाएका छन्।

साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। असोज १५ गतेको थुनछेक बहसमा अदालतले प्रसाईंलाई धरौटीमा पठाएको थियो ।

राप्रपाद्वारा पार्टीको हित विपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि

सानेपामा सभापति देउवाका आठ तस्बिर

उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन्

बर्दियाका आठ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२० मा ३९.१ ट्रिलियन युआन रहेको खुद्रा बिक्री सन् २०२४ मा बढेर ४८.३ ट्रिलियन युआन पुगेको छ । यो दरले वृद्धि भइरहेमा सन् २०२५ सम्म खुद्रा बिक्रीको कुल रकम ५० ट्रिलियन युआन (सात ट्रिलियन अमेरिकी डलर) नाघ्ने अपेक्षा गरिएको छ ।

मन्त्री वाङका अनुसार, चिनियाँ बजारमा आन्तरिक माग लगातार विस्तार भइरहेको छ, जसको मुख्य कारण उपभोक्ताको बढ्दो उपभोग प्रवृत्तिमा आएको सकारात्मक परिवर्तन हो । चीनको घरेलु बजार विश्वकै एक प्रमुख उपभोक्ता बजारका रूपमा स्थापित हुँदै गएको छ ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार, चीनको उपभोक्ता सामग्री खुद्रा बिक्रीले सन् २०२४ मा अमेरिकालाई समेत उछिनेको छ । रिपोर्टअनुसार, चीनको खुद्रा बिक्रीको परिमाण अमेरिका भन्दा करिब १.६ गुणा धेरै थियो, जसले चीनको आन्तरिक बजारको विशालता र प्रभावशाली आर्थिक वृद्धिलाई पुष्टि गर्छ ।

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

‘द वाल स्ट्रिट जर्नल’ र मालिक मर्डोकविरुद्ध मुद्दा चलाउने ट्रम्पको  चेतावनी 

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

अमेरिकी कंग्रेसले गर्‍यो ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

युक्रेनले पायो नयाँ प्रधानमन्त्री
युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको पहिलो नयाँ सरकार प्रमुख बनेकी छन् ।

स्विरिडेन्को युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक छिन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेका छन् ।

तर घरेलु स्तरमा मन्त्रिपरिषद्को यो पुनर्गठनलाई कुनै ठूलो परिवर्तनका रूपमा लिइएको छैन किनकि जेलेन्स्की युद्धको अवधिमा अझै पनि आफ्नो प्रभावकारिता र वफादारी प्रमाणित गर्ने अधिकारीहरूमा निर्भर छन् । युद्ध अहिले चौथो वर्षमा छ ।

युक्रेनको इतिहासमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार प्रमुख प्रधानमन्त्री डेनिस स्मिहलको प्रतिस्थापनसहित शीर्ष सरकारी पदहरू फेरबदल गर्न जेलेन्स्कीले बिहीबार नामांकन पेश गरे ।

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै

भारत-अमेरिका व्यापार वार्ता निर्णायक मोडमा : ‘शून्य ट्यारिफ’ सम्झौता हुन सक्ने ट्रम्पको संकेत

भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प 

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : २० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले