आजका समाचार : विपिन जीवितै फर्किने आशा सकियो, शव इजरायल लगिँदै, सुन तस्करी प्रकरणमा महरालाई मुद्दा र इजरायली संसद्मा ट्रम्प-नेतन्याहूविरुद्ध नाराबाजी | Khabarhub Khabarhub

आजका समाचार : विपिन जीवितै फर्किने आशा सकियो, शव इजरायल लगिँदै, सुन तस्करी प्रकरणमा महरालाई मुद्दा र इजरायली संसद्मा ट्रम्प-नेतन्याहूविरुद्ध नाराबाजी


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सिंहरदबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिवेदन पेश गरेका थिए ।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् । उनले जनताको सुरक्षालाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको पनि बताएकी छन् ।

यस बैठकमा प्रधानमन्त्री कार्कीसहित ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्य सहभागी थिए ।

प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

सुरक्षित स्थान पहिचान गर्न नसक्दा बस्ती विपद्को जोखिममा छन : मन्त्री घिसिङ

निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई मन्त्री खरेलको आग्रह

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३ र २४ गतेको भएको ७६ जनाको हताहती र विध्वंशमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पनि छानबिनमा तान्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जने-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक छानबिनको क्रममा दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

उनले त्यस क्रममा भएको विध्वंशमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहमाथि पनि छानबिन गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आन्दोलनका क्रममा सुनियोजित रूपमा कांग्रेस सभापति शेर बहादुर देउवा र आरजु राणामाथि आक्रमण भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरे ।

नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ

विपद् जोखिम न्यूनीकरण सरकारको उच्च प्राथमिकता छ : गृहमन्त्री

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

सुन तस्करी प्रकरण : महराविरूद्ध ८ करोड ५८ लाख बिगो मागदाबीसहित मुद्दा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले महरालाई आइतबार ललितपुरको खुमलटारस्थित निवासबाटै पक्राउ गरेको थियो । दुबईबाट आएको जहाजमा इलेक्ट्रिक सिग्रेट (भेप)मा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा महराविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको छ । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस अघि बढ्नेछ । चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार नै दर्ता भएको छ ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगे ।

पेस्तोलसहित देखिएका तेन्जिङलाई म्याद थपियो (तस्बिरहरू)

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई अदालत लगियो

तामझामसहित विमानस्थलमा उत्रिएका दुर्गा प्रसाईंले भने : सिंहदरबार जलाए अब, देश टुक्राउँदैछन्

अस्तव्यस्त एन्फा : वरिष्ठ उपाध्यक्ष खड्कासहितले मागे अध्यक्ष नेम्वाङको राजीनामा

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध किसान महासंघ आन्दोलित

कोशी सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेन(जी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी र पछिल्ला बाढी–पहिरोले पुगेको क्षतिको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याई रोक्का राख्ने निर्णय गरिएको जानकारी दिए । प्रदेशका कार्यालय र पूर्वाधारमा भएको क्षतिको पुनः निर्माणका लागि तत्काल स्रोत जुटाउन बजेट कटौती गरिएको उनले बताए ।

मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको उनले बताए ।

बैठकले विपद्पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने निर्णय गर्दै प्रभावित क्षेत्रका पुनर्संरचनालाई शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए ।

झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग

आधुनिक उपकरण भित्रिएसँगै हराउँदै धान कुट्ने ओखल

दुई हजार चार सय ५१ सैन्य दीक्षित

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

स्वास्थ्य मन्त्रालयले जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

सैन्य आधार तालिमको दीक्षान्त

विपिनको मृत्यु भएको पुष्टि : पहिलो चरणमा उनीसहित चारजनाको शव हस्तान्तरण गरिँदै

अन्ततस् नेपाली युवक विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ। इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।

हमासले सोमबार साँझ चारजना मृत बन्धकका शवहरू फिर्ता गर्न लागेको खबर आईडीएफका प्रवक्ता डेफ्रिनलाई उद्धत गर्दै प्रकाशित गरेको छ ।

हमासले ती चार जना बन्धकको नाम सार्वजनिक गरेको सूचीमा विपिन पनि छन् । उनीसँगै गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्जको शव हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको छ ।

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक : विपिन जोशी छैनन्

विपिनका दाजु भन्छन् : इजरायली अधिकारीसँग कुरा भएको छ, भाइ फर्किने आशा छ

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन

यी हुन् गाजाबाट मुक्त हुने २० जीवित इजरायली बन्धक

हमासद्वारा थप १३ बन्दी रिहा

हमासले २० जना जीवित बन्धक रिहा गर्‍यो, विपिनको अझै खोजी हुँदै

नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार

नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध छन् । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।

नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।’ त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरेका थिए ।

उनीहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे, जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ । अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, ‘आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।’

इजरायली संसद्‍‍भित्रै ट्रम्प र नेतन्याहूको विरोध, सांसदले लगाए नारा- स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिनू

इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी

इजिप्ट शिखर सम्मेलनमा नेतन्याहू नजाने, प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुने

हमासले ‘घिसार्दै लगेका’ यी इजरायली सैनिक दुई वर्षपछि सकुशल घर फर्किए

ट्रम्पले इजरायलको सर्वोच्च नागरिक सम्मान पाउने

हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु

हमासबाट मुक्त बन्धकका तस्बिर सार्वजनिक

जेन-जी आन्दोलनबारे न्यूयोर्क टाइम्स : ‘राष्ट्रव्यापी, सुनियोजित, विध्वंशकारी’ आक्रमण

दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

हमास-इजरायल बन्दी रिहा चल्दै गर्दा बेन गुरियन विमानस्थलमा उत्रिए ट्रम्प

इजरायली जेलमा रहेका ९ सय ६६ प्यालेस्टाइनी सोमबार रिहा हुँदै

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक













प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ०७ बजे

कतारविरुद्ध नेपालको रोमाञ्चक जित, सन्दीप एक्लैले लिए पाँच विकेट

ओमान – सन्दीप लामिछानेको जादुई बलिङको बलमा नेपालले आईसीसी टी–२०

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्च जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र