आजका समाचार : बालेन र हर्कको राजीनामा, देउवा समूहको सर्वोच्च, नदी किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्ने फैसला उल्टियो र ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशलाई ट्रम्पले कर थोपरे « Khabarhub

आजका समाचार : बालेन र हर्कको राजीनामा, देउवा समूहको सर्वोच्च, नदी किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्ने फैसला उल्टियो र ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशलाई ट्रम्पले कर थोपरे


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ।

२०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्न राजीनामा दिएका हुन्।

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

बालेनले मेयर पदबाट दिए राजीनामा

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको छ ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन् । उनीहरूको रिट सर्वोच्च प्रशासनले आइतबार नै दर्ता गरिदिएको छ। तर पेशी भने मंगलबारका लागि तोकिएको छ।

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

अनुपम फुडल्यान्डमा कांग्रेसका शेखर समूहको अलग्गै भेला

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।

प्रचण्डले यसअघि प्रतिनिधित्व गरेको यही क्षेत्रमा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीका बाबुराम र एमाले उम्मेदवार मिलन गुरुङ ‘चक्रे मिलन’बीच प्रतिस्पर्धा हुने भएको छ।

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छाड्नुपर्ने यसअघिको फैसला उल्ट्याएको छ।

न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलासहितको पूर्ण इजलासले संयुक्त इजलासको फैसला कानून र न्यायको रोहमा नमिलेको ठहर गर्दै बदर गरेको हो। अदालतले सोमबार संक्षिप्त आदेश जारी गरेको छ।

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हललाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।

महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन्।

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

ट्रम्पले भने- इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ५७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा