आजका समाचार : संसद्‍बाट विभिन्न विधेयक पारित, विज्ञापन नीति स्वीकृत, कांग्रेस नेताबीच भेटघाट बाक्लिँदै, सुकुम्वासीले पाउन थाले लालपुर्जा र युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण « Khabarhub

आजका समाचार : संसद्‍बाट विभिन्न विधेयक पारित, विज्ञापन नीति स्वीकृत, कांग्रेस नेताबीच भेटघाट बाक्लिँदै, सुकुम्वासीले पाउन थाले लालपुर्जा र युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’ सम्म नियमन, भ्रम छरे क्षतिपूर्ति
विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।

सरकारले विज्ञापन बजारमा बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, बहुराष्ट्रिय कम्पनीको प्रभाव, डिजिटल प्रविधिको तीव्र विस्तार तथा उपभोक्तालाई सही सूचना उपलब्ध गराउने आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नीति ल्याएको हो । नीतिमा स्थानीय उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, विज्ञापन क्षेत्रबाट रोजगारी सिर्जना, राजस्व वृद्धि, उपभोक्ताको अधिकार संरक्षण तथा अश्लील, हिंसात्मक, लैङ्गिक विभेदपूर्ण र बालबालिकामाथि नकारात्मक असर पार्ने सामग्री नियन्त्रण गरिने उल्लेख छ । साथै तथ्यहीन र भ्रामक विज्ञापनलाई कारबाहीको दायरामा ल्याउने तथा त्यसबाट उपभोक्तालाई क्षति पुगे क्षतिपूर्तिको व्यवस्था गर्ने गरिने पनि नीतिमा उल्लेख छ ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

खेलकुदमन्त्रीको दाबी- एन्फामाथि सरकारले कुनै हस्तक्षेप गरेको छैन 

१३ स्थानीय तह बालश्रममुक्त घोषित, ६ औद्योगिक प्रतिष्ठान र ७ उद्यमी सम्मानित

स्वास्थ्य मन्त्रालयले ल्यायो अस्पताल र कर्मचारीका लागि नयाँ आचारसंहिता 

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न
राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल सम्पन्न भएको छ।

आज बसेको राष्ट्रियसभा बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल भएको हो।

छलफलमा खर्च कटौतीको प्रस्तावसहित सांसद सम्झना देवकोटा तथा दलीय आधारमा विष्णुदेवी पुडासैनी, जयन्ती राई, सोनाम ग्याल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ, श्रीकृष्णप्रसाद अधिकारी, रोश्नी मेचे, खम्मबहादुर खाती, भुवनबहादुर सुनार, रुक्मिणी कोइराला, गीता देवकोटा, सुरेश आलेमगर, धर्मेन्द्र पासवान, विष्णुबहादुर विश्वकर्मा र वासुदेव घिमिरेले धारणा राखेका थिए।

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने
नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् । पछिल्लो समय संस्थापन पक्षमा खुलेका तीन नेताले आज विमलेन्द्र निधिको निवास मध्य वानेश्वरमा छलफल गरेका हुन् । निधिसँगै छलफलमा डा. प्रकाशमान सिंह र डा। शशांक कोइराला सहभागी थिए ।

पछिल्लो समय पार्टीमा देखिएको विवाद र संस्थापन पक्षले छुट्टै पार्टी कार्यालय स्थापना गर्न लागेको लगायतका विषयमा छलफल केन्द्रित थियो।

बैठकमा उपस्थित एक नेताको सचिवालयले दिएको जानकारी अनुसार भोलि शीर्ष नेताहरू कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निमन्त्रणामा बैठक बस्न लागेका छन् । भोलिको बैठकमा कांग्रेसको १५औं महाधिवेशन लगायतका विषयमा केन्द्रित रहेर कुराकानी हुनेछ ।

यस्तै, संस्थापन पक्षले छुट्टै कार्यालय खोल्न लागेको विषय लगायतमा केन्द्रित रहेर कुराकानी हुने बताइएको छ । कांग्रेस महामन्त्री गगन थापा निकट नेताहरू भने संस्थापन पक्षले घुर्की मात्रै लगाएको आरोप लगाउँछन् । आजको बैठकमा पनि तीन नेताहरूले कांग्रेस पार्टी विभाजनतर्फ नलागेर पन्ध्रौं महाधिवेशनको तयारी तर्फ लाग्नुपर्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

थाइल्यान्डमा बस्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

कर्णाली नदीमा मिनीबस खस्यो
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली नदीमा खसेको छ ।

प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेकाले अन्य यात्रुको अवस्था पनि अझै अज्ञात रहेको उनले बताए।

दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी उद्धार तथा खोजी कार्यका लागि खटिएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाएपछि…

तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (तस्बिरहरू)

 दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति

कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्।

जुन महिनामा वाशिङ्टन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा भएको समझदारीअनुसार ६० दिनका लागि युद्धविराम गर्ने तथा हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने सहमति गरेका थिए। १४ बुँदे उक्त समझदारीमा युद्धको स्थायी अन्त्य, हर्मुज जलडमरूमध्यको व्यवस्थापन, इरानको पुनर्निर्माण कोष तथा आणविक कार्यक्रमलगायतका विषयमा थप वार्ताको आधार तय गरिएको थियो।


बुधबार सम्पन्न अप्रत्यक्ष छलफलपछि कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता भएको र त्यसबाट सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ।

इरानी प्रतिनिधिमण्डलका प्रमुख तथा विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी उल्लङ्घनसम्बन्धी घटनाको अभिलेखीकरण र समन्वयका लागि सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए। उनका अनुसार वार्तामा रोक्का गरिएका इरानी सम्पत्तिको विषय पनि उठाइएको थियो। प्रारम्भिक रूपमा रोक्का गरिएको छ अर्ब अमेरिकी डलरको केही हिस्सा मानवीय आवश्यकताका सामग्री खरिदमा प्रयोग गर्ने विषयमा छलफल भएको उनले बताए।

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

खामेनीको स्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

हर्मुज जलघाँटीको सुरक्षामा अमेरिकी नेतृत्व अस्वीकार्य : इरान

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति
























 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ७ : ५० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय