Khabarhub

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो । एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित…