Khabarhub

विरोधबीच विश्वास पाएपछि प्रचण्डले संसद्‍मै थापे मालासहित बधाई (तस्बिरहरू)

काठमाडौं-  नेपाली कांग्रेसको चर्को विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । १५८ जना सांसद उपस्थित भएको भनिएको संसद्‍बाट प्रचण्डले १५७ मतसहित विश्वास पाउँदा एकजनाले विपक्षमा मतदान गरे । उता विरोधमा उत्रिएका कांग्रेस सांसदहरूको रेकर्डमा अनुपस्थितमा दर्जियो । कांग्रेसको चर्को विरोधबीच सत्तारुढ गठबन्धनका सांसदहरूले उनलाई संसद् बैठकमै बधाई दिए ।