अफ्रिका « Khabarhub

नाइजरमा भएको आतङ्कवादी आक्रमणमा १७ सैनिक मारिए

नियामे- अफ्रिकी मुलुक नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । नाइजरको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर मालीको सीमानजिकको कौउउगौ शहरमा आतङ्कवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।…