Live on
Your Voice, Your Power
काठमाडौं - भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । दिल्लीको गंगाराम अस्पतालमा भर्ना भएकी गान्धीको अवस्था स्थिर रहेको सम्बद्ध स्रोतहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बिरामी भएपछि सोनिया शनिबारको बजेट कार्यक्रममा पनि उपस्थित भएकी थिइनन् ।