युरोप « Khabarhub

ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत

बेलायत– ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्। बुधवार हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएसँगै समयअगावै आमनिर्वाचन गराउने उनको प्रस्ताव अस्वीकृत भएको हो । सरकारले कुल ४३४ मत ल्याउनुपर्नेमा जम्मा २९८ मत प्राप्त भएको थियो भने विपक्षमा ५६ मत खसेको थियो।…