Live on
Your Voice, Your Power
ब्रसेल्स– जर्मन रक्षामन्त्री उर्सुला भोन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छिन् । मंगलबार भएको मतदानमा उनी सामान्य बहुमतसहित निर्वाचित भएकी हुन् । ६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बनेकी छिन् । युरोपेली युनियन (ईयू)मा आबद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाई समर्थन गरेका थिए । ७…