फुटबल « Khabarhub

राष्ट्रिय महिला लिग : चन्द्रपुर नगरपालिकाको दोस्रो जित

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १-० गोलले हरायो । चन्द्रपुरको जितमा रजनी थोकरले ७०औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यसअघिका चार खेलमा पराजित चन्द्रपुरको यो दोस्रो जित हो । यसअघि चन्द्रपुरले चौदण्डीगढीलाई हराएको थियो ।…