Live on
Your Voice, Your Power
काठमाडौ् - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।…