देश/प्रदेश « Khabarhub

दशैँलाई मुस्ताङबाट ल्याइँदैछ च्याङ्ग्रा

काठमाडौँ– नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँबासीलाई मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदैछ । काठमाडौँ ल्याउने भेडाच्याङ्ग्रा मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइपुर्‍याइएको व्यवसायीले बताएका छन् । दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । तस्वीरः रासस