देश/प्रदेश « Khabarhub

आँधीखोलामा बगेर एक पुरूषको मृत्यु

स्याङ्जा– स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । पुतलीबजार नगपालिका–४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा शनिबार दिउँसो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।