देश/प्रदेश « Khabarhub

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारू

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा आज बिहान २ बजेदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै काठमाडौँका लागि छुटेका तथा काठमाडौँदेखि बाहिरी जिल्लाका लागि छुटेका सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए ।…