देश/प्रदेश « Khabarhub

उपप्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । टेलिफोन गरेर उपप्रधानमन्त्री पोखरेलले नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।