Live on
Your Voice, Your Power
सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– ११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । कर्जन्हा–११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ ।…