Live on
Your Voice, Your Power
सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो । हात्ती बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।