Live on
Your Voice, Your Power
गोरखा– गोरखा सहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब साढे ११ बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । टावरमा जडान गरिएको तार जलेको कारण सेवा अवरुद्ध बनेको छ । टावरमा आगजनी कसले गरेको थाहा भइनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…