देश/प्रदेश « Khabarhub

सर्वोच्चको आदेशले एएफयूका निजी क्याम्पसले मान्यता पाए

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयू) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसले मान्यता प्राप्त गरेका छन् । सर्वोच्च अदालतको निर्णयले ती क्याम्पसमा अध्ययनरत् विद्यार्थीको रजिष्ट्रेशन हुने पक्का भएसँगै क्याम्पसले मान्यता पाएका हुन् । विश्वविद्यालयले दिएको जानकारीअनुसार निजी क्याम्पसका विद्यार्थीको रजिष्टे«शन फारममा डिनको हस्ताक्षर गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको छ ।…