देश/प्रदेश « Khabarhub

मोरङको उर्लाबारीमा किशोरीलाई बलात्कार गरेको आराेपमा एक जना पक्राउ

काठमाडौं- मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एक जना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ…