देश/प्रदेश « Khabarhub

भरतपुर महानगरले तोक्यो डेङ्गु परीक्षण शुल्क

चितवन– भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि अधिकतम छ सय तोकिएको हो । महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र  नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन्। उनले  महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन्। …