Live on
Your Voice, Your Power
धनकुटा- संखुवासभाको तुम्लिङटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको एउटा बोलेरो धनकुटाको फोक्ल्यानण्ड टापुमा दुर्घटना भएको छ । चालकसहित १० जना यात्रु सवार उक्त बोलेरो ब्रेकफेल भएर सडकबाट १५० मिटर तल झरेको छ । आइतबार दिउँसो धनकुटा नगरपालिका-६ फाेक्ल्यान्ड टापुनजिक भएको यो दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ…