देश/प्रदेश Archives | Page 90 of 2027 | Khabarhub Khabarhub

तनहुँमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ- शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा ग.३ च १६५४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको छ ।  कारले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिएमसी अस्पताल पोखरामा थप उपचारको क्रममा गए राति मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।