Live on
Your Voice, Your Power
काठमाडौं- आज आश्विन शुक्ल अष्टमी । मुलुकभर माता दुर्गा भवानीका नौ स्वरुपमध्ये महाकालीको पूजा आरधना गरी मनाइन्छ । महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ । कलपूर्जा, हातहतियार र सवारी साधनको समेत बलिसहित पूजा गरिन्छ…