राजनीति Archives | Page 1632 of 1994 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बिहीवार साँझ शीतल निवासमा भेटवार्ता भएको हो । सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री ओलीले पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । सर्वोच्चको फैसलापछिको देशको राजनीतिक परिवर्तनबारे छलफल भएको जनाइएको छ ।