Live on
Your Voice, Your Power
कैलाली- कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मोहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।…