Live on
Your Voice, Your Power
कञ्चनपुर– नेपाली सेनाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ गरेको छ । ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा सहित बुधवार २४ औं वन्यजन्तु सप्ताह २०७६ का अवसरमा नेपाली सेनाका जवानहरुले निकुञ्ज आसपासको क्षेत्रमा सरसफाइ गरेका हुन् । राष्ट्रिय निकुञ्जको सरसफाई कार्यक्रममा नेपाली सेनाका जवान, सामुदायिक वनका पदाधिकारी, निकुञ्जका कर्मचारी लगायतको सहभागिता थियो ।