Live on
Your Voice, Your Power
बाँके- नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।