देश/प्रदेश « Khabarhub

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८ वर्षीयसंकल्प फौजदारको आफ्नै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।