देश/प्रदेश « Khabarhub

कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः पत्रकार महासंघ

काठमाडौं– चिनियाँ राजदूतावासले पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति मार्फत् महासंघले समाचारप्रति गुनासो गर्ने निकाय हुँदाहुँदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम निन्दनीय रहेको बताएको हो । महासंघले कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महास‌ंघको ठहर छ ।…