Live on
Your Voice, Your Power
मोरङ- प्रहरीले हुण्डीको कारोबार गर्ने एक जनालाई १० लाख नगदसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोबार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो । पक्राउ परेका रायको साथबाट प्रहरीले १० लाख नगदसहित विभिन्न बैंकको चेकबुक समेत बरामद गरेको जनाएको छ…