देश/प्रदेश Archives | Page 642 of 1859 | Khabarhub Khabarhub

आइतबार जुम्लामा सार्वजनिक बिदा

काठमाडौँ- कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।