Live on
Your Voice, Your Power
काठमाडौं - सर्वोच्च अदालतले खोप अभियान तत्काल सञ्चालन गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो । कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो ।…