Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको महत्वपूर्ण मानिएको सुरुङ छिचोल्ने कामले मंगलबार पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बटन (स्वीच) थिचेर मंगलबार सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री ओलीले स्वीच थिच्दा बबई नदीको किनारबाट पेसको सुरुङ खन्ने टिबिएम मेसिन भेरी नदीको किनारमा निस्कियो । २०७४ कात्तिक मसान्तदेखि बबई नदीको किनार (हात्तीखाल)बाट…