औषधी/उपचार « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम : बुझ्न बाँकी र बुझ्नैपर्ने कुरा

आम नागरिकले स्वास्थ्यका लागि व्यहोर्नुपर्ने खर्च कम गर्न सरकारले ल्याएको कार्यक्रम स्वास्थ्य बीमा हो। हाल यो कार्यक्रम ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। स्वास्थ्य बीमा कार्यक्रममा करिब ७८ लाख नागरिक बिमित छन्, जुन कुल जनसंख्याको करिब २७ प्रतिशत हो। बिमितमध्ये करिब ४८ लाख ६० हजारले नवीकरण गरेर निरन्तर सेवा लिइरहेका छन्।…