मुख्य समाचार « Khabarhub

खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

काठमाडौं– कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५: २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिनेछ।…