मुख्य समाचार « Khabarhub

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ। एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ। एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा…