Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिएका छन्। गठबन्धनकै अर्कै दल जनमत पार्टीले पनि उम्मेदवारी दिए पनि जसपाका यादवकै पक्षमा मतदान गर्ने निर्देशन दिइएको उनले बताए।