ब्रेकिङ स्टोरी « Khabarhub

वीरगञ्जका मेयर र उपमेयरबीच विवाद हुँदा कार्यालयमै कुटाकुट

वीरगन्ज– वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरबीच विवाद हुँदा दुई पक्षका समर्थकबीच कुटाकुट भएको छ । नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्ष समर्थकबीच हात-हालाहाल भएको हो ।  महानगरपालिको कार्यालय कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररूप लिएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।…