ब्रेकिङ स्टोरी « Khabarhub

बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ परेका छन् । बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी भएको हो । जातीय भेदभाव उन्मुलन दिवसका लागि आयोजित कार्यक्रममा जान लाग्दा युवाहरुको समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । युवाहरुले मूल्यवृद्धि खारेज गर्, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैनजस्ता नारा लगाएका थिए ।