ब्रेकिङ स्टोरी « Khabarhub

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उनीहरु शुक्रबार साँझ बालकोटमा भेटवार्ता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् । भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।