Live on
Your Voice, Your Power
पोखरा - गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन् । नेकपा माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरेर उनले कांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।…