Live on
Your Voice, Your Power
इस्लामावाद– पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । भारतले कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरेपछि पाकिस्तानले विरोधस्वरुप आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार फिर्दौस आशिक अवानले ट्विट गर्दै भारतीय सिनेमा, नाटक र अरु कुनै किसिमका भारतीय सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाउने जनाएका हुन्…