भारत / चीन / सार्क « Khabarhub

आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान

नयाँदिल्ली- भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ । यो दुर्घटनापछि पाइलट र को-पाइलट दुई किलोमिटर वरपर जीवितै भेटिएका छन् । समाचार अनुसार प्राविधिक समस्या आएपछि पाइलटले यो विमानलाई सुझबुझ देखाएर कागारौलको सोनिगा गाउँनजिकैको खाली खेतमा फोर्स ल्यान्डिङ गराएका थिए । यदि बस्तीमा यो जहाज खसेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो ।…